बस्नयोग्य
अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक
स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा
बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने
भविष्यवाणी गरे ।
७४ वर्षीय हकिन्सले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु
परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको पटक–पटक बताउने गरेका छन् ।
‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह
पत्ता लगाउनु हो,’ उनले भने, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा
जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार
वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ठीक यही लक्ष्यका लागि सन्
२००९ मा केप्लर अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यसले हाम्रो भुमण्डलको
नजिक पृथ्वीजस्तै आकारको ग्रहको खोजी गर्ने उद्देश्य बोकेको छ जसले हाम्रो
सूर्य जस्तै कुनै तारालाई परिक्रमा गरिरहेको होस् ।
यो वर्ष अन्तरिक्षयात्रीहरु प्रोक्सिमा बि पत्ता लगाएर उत्साहित छन् जुन
ग्रहले प्रोक्सिमा सेन्टाउरी तारालाई परिक्रमा गर्दछ । यो हामीभन्दा ४.२
प्रकाश वर्ष टाढा रहेको छ, जुन अन्तरिक्षको दुनियामा निकै कम दुरी हो ।
अहिलेसम्म हामी भागेर जाने सबैभन्दा सम्भावित ठाउँ प्रोक्सीमा बि नै
देखिएको छ ।
आफ्नो भाषणको अन्त्यमा हकिङले विद्यार्थीहरुलाई जिज्ञासु रहन प्रेरित
गरे । उनले आफ्नो खुट्टातिर नहेरेर माथि ताराहरुतिर हेर्न पनि सम्झाए ।
Post a Comment