The Fast of the tenth day of the tenth 'Why the silence? '

काठमाडौं, ८ मंसिर । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन डा। केपी सिंहलाई राजिनामा दिन आग्रह गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –सोसाइटीले बुधबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन कार्यलयमा ज्ञापनपत्र बुझाउँदै डा गोविन्दा केसीले अघि सारेका माग सरकारले वेवास्ता गरे सबै प्रज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनी समेत दिएको छ ।
एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना समेत दिएका छन् । उनीहरुले बुझाएको ज्ञापनपत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन सिंहले। डिन पद पदबाट राजिनामा गर्नु पर्ने उल्लेख छ ।
सिंहले भने ज्ञापनपत्र ग्रहण गर्दै राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा।सागर पोखरेलले बताए ।
आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा।केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए । ‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने । अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए ।
डा।गोविन्द केसीले दसौंपटकको अनसनसम्म गरि १ सय दुई दिन अनसन बसेका छन् । उनको १० औं अनसन मंगलबार १० औं दिनमा पुगेको छ । उनको नवौ अनसन १२ औ दिनमा स्थगित भएको थियो । यस्तै आठौं अनसन १६ औ दिनमा पुगेर तोडिएको थियो । तेस्रो अनसनता १४ दिनको थियो ।
२०६९ साल असार २१ गते शुरु भएको उनको पहिलो अनसन तीन दिनपछि असार २४ गते सरकारसँग सम्झौता भएपछि तोडिएको थियो । गत वर्ष २०७२ सालमा डा। केसीले दुईपटक अनसन गरे । गत वर्ष भदौ ७ देखि १९ गतेसम्म गरी १२ दिन र पुनस् असोज २ गते देखि १२ गते सम्म गरी १० दिन अनसन चलेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget