Some leaders do not dare to leap Dhanraj Gurung struck -

काठमाडौं ६ मङ्सिर – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले बृद्वि भएको पारिश्रमिक, भत्ता एवं सुबिधा रकम भूकम्प पीडित राहत कोषमा दिने बताएका छन् । सोमबार दिउँसो ट्विट गर्दै उनले बृद्धि भएको रकम कोषमा पठाउन संसद सचिवालयमा निवेदन दिएको बताएका छन् ।
capture उनले ट्विट गरेका छन्, ‘बृद्वि भएको पारिश्रमिक, भत्ता एवं सुबिधा रकम भूकम्प पीडित राहत कोषमा पठाउनको लागि संसद सचिवालयमा निवेदन दिएँ ।’ उनले निवेदनमा भनेका छन्, ‘पुनर्निर्माणका कार्यहरु अगाडि नबढिरहेको र भूकम्प पीडितहरुले अझैपनि राज्यद्वारा घोषित राहत पाउन सकेका छैनन् । यस अवस्थामा आफ्नो तलवभत्ता आफैंले बृद्धि गर्नु संसदीय अभ्यास विपरित समेत रहेको छ ।’ संसद्ले आइतबार सुविधासम्बन्धी विधेयक छोटो प्रक्रियाबाट पारित गरी संसद्का पदाधिकारी तथा सदस्यको सुविधा ह्वात्तै बढाएको थियो । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सदनमै दफाबार छलफल टुंग्याउँदै संसद् बैठकले सांसदहरूको घरभाडा, बैठक भत्ता, यातायात सुविधा र भ्रमणभत्ता वृद्धि गरेको थियो । पारित विधेयकअनुसार सांसदहरूले आवास सुविधाबापत मासिक १८ हजार, सञ्चार सुविधाबापत ३ हजार, धारा बिजुलीका लागि २ हजार पाउने छन् । यसअघि सांसदले २०५२ को ऐनअनुसार मासिक ६ हजार ५ सय घरभाडा, टेलिफोनको २ हजार, पत्रपत्रिकाका लागि ३ सय र धारा बिजुलीको १ हजार २ सय ४८ रुपैयाँ मात्रै पाउँथे । उनीहरूले पाउने मासिक विशेष भत्ता एक हजार र अतिथि सत्कार खर्च मासिक एक हजार र फर्निचरका लागि एकमुष्ट १५ हजार रुपैयाँ र एक जना स्वकीय सचिव (शाखा अधिकृतस्तरको) को सुविधा यथावत् छ । नयाँ व्यवस्थाअनुसार सांसदहरूले दैनिक एक हजार रुपैयाँ बैठक भत्ता र अर्को एक हजार रुपैयाँ यातायात खर्च पाउने छन् । बैठक बसेको दिनमा मात्रै पाउने यस्तो भत्ता समिति, उपसमिति र पूर्ण बैठक जतिवटा बसे पनि दिनको एउटाको मात्रै गणना हुन्छ । यसअघि उनीहरूले दैनिक दुई सय रुपैयाँ बैठक भत्ता र एक सय पचास रुपैयाँ यातायात खर्च पाउँदै आएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget