If the trial fails not to wait 3 months

ट्रायल फेल भएमा ३ महिना कुर्नु नपर्ने
दुई महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको लागि आवेदन खुल्ला भएको छ। बागमति अंचल कार्यालयबाट आजदेखि आवेदन फारम खुल्ला भएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए। लामो समयसम्म लाइसेन्स वितरण रोकिँदा सेवाग्राहीहरु मर्कामा परेका थिए। नयाँ नियमावली संसोधनको क्रममा रहेकोले बीचको केही समय रोकिएको अव नयाँ नियम अनुसार लाइसेन्स वितरण हुने श्रेष्ठले जानकारी दिए।
 
लामो समयसम्म रोकिएकोले सेवाग्राहीको भीड धेरै हुने भएपनि विभागले स्रोतसाधनको चापले गर्दा धेरै आवेदन लिन नसक्ने बताएको छ। 
 
एकदिनमा अधिकतम ८ सयलाईमात्र सेवा दिन सकिने स्रोतसाधान भएको बताउँदै विभागका महानिर्देशक श्रेष्ठले चाँडै उपत्यकामा तीन ठाउँमा कार्यालय विस्तारको क्रममा रहेको र त्यसपछि सहज हुने बताए। 
 
विभागले कलंकी,सुर्यविनायक र चाबहिलमा नयाँ कार्यालय स्थापना गर्नेक्रममा रहेको छ। 
 
कहाँ गएर आवेदन दिने 
 
बागमति अंचलको लागि लाइसेन्सको लागि आवेदन दिनको लागि विभागको एकान्तकुना कार्यालयमा जानुपर्ने छ। त्यस्तै दुइपांग्रेको लागि ट्रायल दिन मिनभवन र चारपांग्रेको लागि मिनभवनमा जानुपर्ने व्यवस्था रहेको छ। 
 
ट्रायल फेल भएमा ३ महिना कुर्नु नपर्ने
 
सवारी तथा यातायात व्यवस्था नियमावलीमा छैठौं संसोधनबाट बनेको नयाँ नियम अनुसार लाइसेन्स वितरण हुने भएको छ। 
 
नयाँ नियमावली अनुसार लाइसेन्सको ट्रायल फेल भइसकेपछि पुनः परीक्षा दिन ३ महिना कुर्नुपर्ने व्यवस्थालाई १ महिनामा झारिएको छ। हाल एक पटक ट्रायल फेल भइसकेपछि ३ महिना परीक्षामा सहभागिता गराइँदैन।  
 
अब कुनै पनि आवेदकले एकपटक लिखित परीक्षा उत्तिर्ण भएपछि तीनमहिनामा तीनपटकसम्म ट्रायल दिन पाउने भएका छन्। 
 
उपत्यका बाहिर भने लाइसेन्स वितरणको काम अनिश्चित बनेको छ। यसबारेमा कुनै पनि ठोस टुंगो लागिनसकेको विभागले जानकारी दिएको छ। 
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget