काठमाडौं ४ मङ्सिर – बेवारिसे जीवन बिताएर अहिले
समाजसेवी दीक्षा चापागाईको संरक्षणमा रहेकी कञ्चन शर्मा रेग्मीको पति र दुई
छोराहरू पत्ता लागेका छन् । कञ्चनका पति खानेपानी संस्थाका जागिरे मोहन
रेग्मी र उनका दुई छोराहरू शागर र दीपेन्द्र रहेको कञ्चनले नै कान्तिपुरमा
टेलिभिजनमा अन्तर्वार्ता दिए पछि अहिले नेपालमा चारैतिर कञ्चन रेग्मीको नाम
चर्चा चलिरहेको छ | नचलोस पनि कसरी ? उनले अन्तर्वार्ता दिदा र उनको
अन्तर्वार्ता सुन्दा आँखा ओभानो कसैको पनि थिएन होला | अन्तर्वार्ता
प्रसारण भए लगतै सामाजिक संजालमा कञ्चनका श्रीमान मोहन रेग्मी र दुई छोरा
विरुद्ध सामाजिक संजालमा गालीगलौज गर्ने र उनीहरूलाई कानुक को कठघरामा
उभ्याई कञ्चनलाई न्याय दिलाउन माग गरिरहेका छन् | कञ्चनले अन्तर्वार्ता
दिएपछि उनका श्रीमानले फेसबुकमा स्टाटस राखी सत्य तथ्य बुझेर मात्र
अन्तर्वार्ता लिएको भए हुन्थियो साथै यस विषयमा मेरा दुई छोरालाई कसैले पनि
नमुछ्नु होला भनेर उनले स्टाटस राखे लगतै उनी माथि ब्यापकरुपमा सामाजिक
संजालका प्रयोगकर्ता जाइलागेका छन | उनले अन्तर्वार्ता पछि तीन ओटा स्टाटस
लेखेका छन् तर उक्त स्टाटसमा राम्रो कमेन्ट कसैले पनि गरेको छैन सबैले उनी
विरुद्ध खनिएका छन | हामीले उनको सामाजिक संजाल पछ्याउदै जादा हामीले
देखेका केही कमेन्टहरू तपाईहरू समक्ष्य राखेका छौ जुन यस प्रकार छ :
Post a Comment