Today's Horoscope - the provision of On 8 November 2073. Wednesday.

बि.स. २०७३ मंसिर ८ गते । बुधबार । ईश्वी सन् २०१६ नोभेम्बर २३ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । मार्गशिर्ष कृष्ण पक्ष । तिथि नवमी ०७ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाफाल्गुनी ११ बजेर ०६ मिनेट उप्रान्त उत्तरफाल्गुनी । काठमाडौंमा सूर्योदय ०६ बजेर ३२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २६ घडी २८ पला । चन्द्ररासि सिंह १७ बजेर २३ मिनेट उप्रान्त कन्या ।
मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाईने छैन । पढाई लेखाई तपाई आफ्नै कारणले अस्त ब्यस्त हुनेछ भने शिक्षा क्षेत्रमा गरिने प्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । साथिभाई, आफन्त तथा ईष्टमित्रहरु टाडिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । आर्थिक उपार्जनका क्षेत्रहरु कमजोर रहनेछन् । सवारि साधनको कारोबार गर्दा तथा चलाउँदा ध्यान दिनुहोला दुर्घटना हुन सक्छ ।
बृष (ई,ऊ, ए,ओ, वा, वी, वू, वे, वा) सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला तपाईको निर्णय सर्बत्र आलोचना हुनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ । बिवादित बिषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा तपाईको फरक मत हुनेछ ।
मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । बादबिवाद, प्रतिश्पर्धा तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । उद्योग ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुने हुनाले मन प्रशन्न रहनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठा मिठा खानेकुराहरु भोजन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र्र पंतिमा आउनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे ) प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिति नजनाउनु नै राम्रो हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । ब्यापार ब्याबसायमा बढिनै समय खर्चिनु पर्नेछ भने बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नुपर्ला । राजनिति तथा समाजसेवामा बिचारको तालमेल नमिल्दा आलोचनाको शिकार होईएला ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।
कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो) बैदेशिक रोजगार तथा बिदेश सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले रुपैया पैसा खाईदिन सक्छन् । लामो बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । अनाबस्यक काममा खर्च बढेर जाने तथा सर सापट दिएको पैसा नफर्कन सक्छ । समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लगाउनेहरु हावि हुनेछन् । स्वास्थ्य कमजोर रहनाले नियमित काम गर्न पनि अप्ठ्यारो हुँनेछ । आफन्तहरु बाट नै अबिश्वास तथा बिश्वासघात हुनेछ भने माया प्रेममा धोका हुन सक्छ सजक रहनुहोला ।
तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते¬) खनिज पदार्थ, प्राकृतिक स्रोत साधन सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । सवारि साधन प्राप्तिको योग रहेको छ ।
बृश्चिक (तो, ना, नी, नू , ने, नो, या,यी, यू ) समाज तथा राष्ट्रमा सम्मानजनक भुमिका निर्बाह गर्नु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) सामाजिक कामको सिलसिलामा ब्यास्त हुने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬) भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ख्याल गर्नुहोला । नितिगत मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । ब्यापार ब्याबसायमा आजको दिन लगानि नगर्नुनै राम्रो हुनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट सन्तोषजनक नाफा हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मेहनेत गर्नुपर्ला । दिदि बहिनि बाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ ।
कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) साझेदारि ब्यापार ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि ब्याबसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । तपाईको ब्याक्तित्व देखि सबै मोहित हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।
मीन (दी दू थ झ ञ दे दो चा ची ) ऋण, रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।<

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget