आजका युवा मोबाइल पुरानो भयो कि फालिहाल्छन् । तर, पुरानो मोबाइल महन्वपूर्ण मात्र होइन बहुमुल्य हुने विषयबारे धेरै जानकार छैनन् ।
आइफनको आदत बढेसँगै पुरानो मोबाइल फाल्नेको संख्या बढेको छ । कम्पनीले
नयाँ मोडल जति उत्साहित भएर सार्वजनिक गर्छ मानिसहरु त्यत्ति नै उत्साहित
भएर पुरानो मोबाइल फाल्दै नयाँ मोबाइल लिन्छन् ।
अहिलेको बजारमा धेरै पैसा हुनेका लागि जति खर्च गर्न सक्यो उत्ति नै मूल्यका मोबाइल बजारमा पाइन्छन् ।
बिबिसी हिन्दीले जनाए अनुसार मात्र गोजी खुकुलो पार्नुहोस् । जस्तै हिरा
जडित आइफोनको मूल्य करीव साढे नौ करोड डलर पर्छ । यदि तपाईंको गोजी यति
महंगो फोन किन्ने अनुमति दिँदैन भने पनि केहि छैन ।
तपाईंसँग कम मूल्यका आइफोन छ भनेपनि तपाई धनी नै हुनुहुन्छ । किनभने
हरेक आइफोनमा सुन, चाँदी, काँस, मोती लगायतका धातुहरु जोडिएको छ ।
यी बहुमूल्य धातुहरु आगामी दिनहरुमा अझै मूल्यबान हुनेछन् । जति बढी
मोवाइलको उत्पादन भइरहेको छ, त्यतिनै बढी यी धातुहरुको पनि प्रयोग भइरहेको छ
। एक दिन यस्तो आउनेछ कि खानीहरुमा यी धातुहरु सकिनेछन् । यदि यस्तो भयो
भने तपाईंको मोवाइल महंगो मात्रै हुनेछैन बहुमूल्य नै हुनेछ ।
यसरी विभिन्न धातु जडित मोबाइलका कारण खानीहरुमा धातु सकिने र धातुको
मुल्य आकासिने छ । एक स्मार्टफोनमा थुप्रै मुल्यवान धातुहरु हुन्छन् । एक
आइफोनमा ०.०३४ ग्राम सुन, ०.३४ ग्राम चाँदी, ०.०१५ ग्राम प्यालेडियम, १५
ग्राम तामा र २५ ग्राम आल्मुनियम हुन्छ । यतिमात्रै होइन यसका अलावा अन्य
थुप्रै बहुमूल्य धातुहरु फोनमा राखिएको हुन्छ, जस्तै, ल्याटिनम, बाइट्रियम,
टर्बियम आदि ।
यत्तिमात्र होइन अहिलेका आधुनिक फोनमा काँच, प्लास्टिकलगायत विभिन्न
धातु प्रयोग गरिएको हुन्छ । तथ्याङक अनुसार आज संसारका करिब दुई अर्ब
मानिसले स्मार्टफोन बोक्छन् । यो संख्या प्रत्येक सेकेन्ड बढिराखेको छ ।
यसरी हेर्दा मानिसहरुले पुरानो भयो भनेर बहुमुल्य मोबाइल फा्याक्ने
गरेका छन् । यसरी फ्याक्नु भनेको बहुमूल्य वस्तु गुमाउनु सरह भएको समाचारमा
उल्लेख गरिएको छ ।
मोबाइलमा थातुको प्रयोगको विचित्र तथ्यांक छ । हामी पुरानो फोनलाई कवाड
भनेर फालिदिन्छौँ । बढीमा १० प्रतिशत मोबाइलबाट मात्र त्यसमा जोडिएका
धातुहरु निकालिन्छ । यसरी निकालिएका थातु अर्को मोवाइलमा प्रयोग गरिन्छ ।
एक अनुमानका अनुसार १० लाख मोवाइलबाट करीव १० टन तामा, ३५० किलो चाँदी,
३४ किलो सुन र १५ किलो प्यालेडियम निकाल्न सकिन्छ । त्यसैले पनि मोबाइल
पुरानो भयो भनेर नफाल्नुहोस् त्यहाँ बहुमुल्य सम्पत्ति गुम्न सक्छ ।
Post a Comment