INSEC accident eyewitness says, smugly looking at the car, fell slopes girl :: detailed.

काठमाडौँ, ४ मंसिर - हामी शनिबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापासँगै हेटौडाबाट भीमफेदीको बाटो हुँदै काठमाडौं आइरहेका थियौं।

भीमफेदीको जुरखेतमा आइपुग्दा एउटा टाटा गाडी भीरबाट तल खसेको हल्ला चल्यो। नजिकै चिया पसलमा पनि गाडी खस्यो भन्दै  मानिसहरु कराइरहेका थिए। घटनास्थलमा अर्को एउटा गाडी रोकिएको थियो। हामी त्यहाँ आइपुग्दा गाडी भीरमा खसेको केही मिनेटमात्रै भएको रहेछ।

यस्तो खबर सुन्नासाथ अध्यक्ष थापाले गाडी रोकेर हामी सबैलाई उद्धारमा खटिन निर्देशन दिनुभयो र उहाँ आफैं पनि भीरमा पीडितको उद्धारका लागि अघि बढ्नुभयो । साथमा रहेका उहाँका सुरक्षाकर्मीलाई पनि खटिन निर्देशन दिनुभयो । केही स्थानीयवासी र अन्य यात्रुहरु पनि जम्मा भए।

हामी घाइतेहरु रहेको स्थानमा पुग्यौं । त्यहाँबाट एक व्यक्तिलाई मृत अवस्थामा निकालियो । एक जनाको टाउकोबाट भल्भली रगत बगिरहेको अवस्थामा उद्धार गरियो । अध्यक्ष थापाले पनि घाइतेहरुलाई बोक्नुभयो ।

एकजना ६्७ वर्षकी वालिका गाडीबाट उछिट्टिएर बाँचेकी रहिछन् । उनी मेरा बाबामम्मी खोई भनेर चिच्याइरहेकी थिइन् । हामीले तत्कालै एम्बुलेन्स बोलायौं । अध्यक्ष थापाले नजिकै रहेको प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरु तत्काल बोलाउनुभयो। र, हामीले गाडी चालक अनि वालिकालाई एम्बुलेन्समा हालेर हेटौडा अस्पताल पठायौं। काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको निजी टाटा भ्यान करिब दुईसय मिटर तल खसेको रहेछ। गाडीमा पाँचजना मानिसहरु थिए। उपचारका लागि पठाइएका सिरियसमध्ये थप एकजनाको पनि मृत्यु भएको र मृतकको संख्या दुई पुगेको प्रहरीले हामीलाई जानकारी गराएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget