नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको
कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुडीवादी चलन छ ।हाम्रो समाजमा कुमारी
हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ । पुरुषहरुका
लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यहि सन्दर्भलाई
लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् । यस्तो छ उनको ब्लग : म १८ वर्षकी
नेँहा कार्की हु । मेरो गतिविधीहरु जो कोहीलार्इ अनौठो लाग्नु स्वाभाबिकै
होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर
मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोष छ । मेरा थुप्रै सपनाहरु
थिए जुन सपनाहरु तपाई हामि बस्ने समाजले नै मारीदिएको छ ।<
मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन म जस्ता
अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता
कुराहरुमा मौन देखीन्छन । तर के अव म न्याय नखोजी मौन बँसौ अह म न्याय
खोज्छु भनी लागी परे तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत
हुन पुगे ।मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी
गर्ने दिन लेख्दैछु हाम्रो समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने
कुरा सोध्नका लागी ।
के वलात्कृत हुनुमा मेरो दोषी छु त ? त्यसो भए मलाइ किन समाजमा घृणीत
जीवन जीउन वाध्य छु ? जब बलात्कार गर्नेहरु केही दिनको जेल सजायपछि
इज्जतदार र निर्भिकतासाथ समाजमा हिडडुल गर्दछन् ।किन हामि जस्ता महिलाहरुको
इज्जत एउटा शरीरको सामान्य अगंमा राखीन्छ ? किन हामीले कानर्यदक्षताका
आधारमा गरीँदैन ? के हाम्रो कामको मुल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत
कसरी जोगीयो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ? के
पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिललाइ नंग्याउदा त्यहाँ
मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलार्इ जुन प्रश्न म मेरो शरीरलार्इ विष
पिलाउनु अघि राख्दैछु र म यो पुरुषप्रधान समाजको मुल्य मान्यता र वन्धनवाट
टाढिदै छु । मेरो कामना छ अर्को जन्ममा म महिला नभइ पुरुष भइ जन्मन पाउ
जसले गर्दा मेरो इज्जत योनीमा सिमीत नहोस । जुमएनपीबाट ।
Post a Comment