How to deliver the next football renaissance cunautih

हेडलाइन्स वाच । काठमाडौं ।
गणेश थापाले फिफाबाट एक लाख १५ हजार अमेरिकी डलर लिएर व्यक्तिगत खातामा राखेको, सागर थापासहितका खेलाडीले म्याच फिक्सिङ गर्दै नेपाललाई एकपछि अर्को खेलमा हराएपछि नेपाली फुटबल निक्कै पछाडि धकेलिन पुगेको थियो ।
अझै सोझो अर्थमा भन्नुपर्दा राम्रो खेलेको जस्तो गरे पनि यस्तै पैसाको प्रलोभन, म्याच फिक्सिङले नेपाली फुटबल तहसनहस हुँदा विकल्पमा जब युवाहरु नवयुग श्रेष्ठहरुको आगमन भयो साँच्चै दुषित र भ्रष्ट नेपाली फुटबलमा नवयुग नै आयो । यसलाई पुष्टि गर्ने आधार एक वर्षभित्र नेपालले प्राप्त गरेका तीन ठूला उपलब्धीले पुष्टि गर्छ ।
Football Players selfie with PM (4)
बंगलादेशमा गत माघमा भएको बंगबन्धु गोल्डकपमा बहराईनलाई ३–० ले हराउँदै उपाधि जित्नु, गत वर्ष नै भारतमा भएको साग खेलकुदमा भारतलाई २–१ गोलले हराउँदै स्वर्ण जित्नु र केही दिन अघि मलेसियामा भएको सोलिडारिटी कपमा मकाउलाई १–० गोलले हराउँदै उपाधि जित्नु नवयुगहरुले ल्याएको फुटबलको नवयुग नै हो । भारतलाई हराउँदा र मकाउलाई हराई फाइनल जित्दा दुवैमा नवयुग श्रेष्ठले गोल गरे । भरत खवास, विमल घर्तीमगर, विराट महर्जन, गोलकिपर विकेश कुथुहरुको साथ र सहयोगले नेपाललाई नवयुगमा लान झन् इटाको काम गरिरहेको छ । किरण चेम्जोङ, प्रकाश बुढाथोकी, अनन्त तामाङ, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठहरुको साथ र सहयोग झन् महत्वपूर्ण रहँदै आएको छ ।
Football Players selfie with PM (3)
यिनै नवयुगहरुले नेपाली फुटबलमा पाइला राखेपछि उपाधि नेपालको पक्षमा आउनुले हिजो नेपाली फुटबलमा कति विकृति रहेछ भन्ने बुझ्न गाह्रो छैन । किनकी दक्षिण एसियामा नेपाली फुटबल यस अघि बलियो मानिंदासमेत निर्णायक खेलमा नेपाल चुक्ने गथ्र्यो । जब नेपाललाई जित्नका लागि गोल चाहिन्थ्यो त्यतिखेर गोल हुन सक्ने अवस्था थिएन । किनकी खेलमा झेल थियो, मिलेमतो थियो । आज खेलमा झेल र मिलेमतो छैन र नेपाललाई जतिखेर चाहियो उतिखेर गोल गर्न सफल भएको छ । यस्तो गोल बहराइन, भारत र मकाउविरुद्ध चाहिएको बेलामा भएको छ । किनकी यस्तै प्रतियोगिता हुँदा यस अघि गणेश थापा र सागर थापाको पालामा हुन सकेको थिएन । किनकी भ्रष्टाचार र खेलमिलोमतोमा यी थापाहरु समातिएपछि नेपाली फुटबल नवयुगको चरणमा प्रवेश गर्दैछ ।
नेपाललाई ह्याट्रिक मात्र दिलाउने नवयुग !
कतिसम्म भने फुटबलको जितको यही फेरोमा जापानबाट नेपालसम्म फुटबल खेल्न आएको एक टोलीलाई हराएर नेपाली टोली आत्मविश्वासी बनेको छ । तर, नवयुगलाई बचाउन सजिलो छैन ।
nabayug shrestha tika
हो, यतिखेर नेपाली फुटबलका भाइरसको ‘डाइग्नोसिस’ फुटबलले नवयुग पाउँदै गरेको सत्य हो । यी बीचका उपाधि असाध्यै ठूला राष्ट्रविरुद्धका र ठूला होइनन् तर, यिनले बोक्ने सन्देश भनेको राम्रो गर्न सक्दा उपाधि र उपलब्धी टाढा र गाह्रो छैन भन्ने पनि हो । किनकी हिजो हामी जुन उपाधिको भोकमा हुन्थ्यौं फुटबलको अन्तिम ह्युसेल बजेपछि निराशामात्र हात लाग्थ्यो, तर, अहिले अन्तिम ह्युसेलपछि फुटबल समर्थकमा मुस्कान देखिन्छ, रोमाञ्चकता देखिन्छ । तर, चुनौति यहीनेर छ । के नेपालले फुटबलका यी नवयुगलाई जोगाउँदै नेपाली फुटबललाई अझै नवयुगमा प्रवेश गराउला ? मुख्य चुनौति नै हाम्रो यही हो की बल्ल खुलेको नवयुगलाई अझ परिष्कृत र व्यवस्थित बनाउँदै लान जरुरी छ । केही नवयुगका सन्देश देखिंदै गर्दा समग्र फुटबलमा नवयुगमा लानका लागि भइरहेका पहल पर्याप्त र सन्तुष्टि व्यक्त गर्ने खालका छैनन् ।
नवयुग श्रेष्ठलाई फेसबुकबाटै प्रेमिकाको भ्यालेन्टाइन शुभकामना
हो, युवा खेलाडीहरुले कडा परिश्रम गरेर केही प्रतियोगितामा उपाधि भित्र्याएका छन् । तर, यो पर्याप्त र सबैथोक होइन । किनकी यी प्रतियोगितामा खेल्ने टिम ठूला होइनन्, औसत र एसियाका पनि कमजोर हुन् । त्यसैले हामीले गर्न धेरै बाँकी छ, उपाधि अझै धेरै जित्नु छ । यसका लागि धेरै खेलाडी आवश्यक छ । तर, अफसोच हाम्रो खेलाडी उत्पादन गर्ने क्षेत्रीय प्रतियोगिता, नियमित लिग, ठूला प्रतियोगिता, पूर्वाधारको विकास पर्याप्त र जुन रुपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले युवा खेलाडीमा जोस र जाँगर छ, अग्रज बिकेको कालो धब्बा पखाल्न मेहनत गरेका छन् । तर, उनीहरुले दुई चार वर्ष मेहनत गर्लान् तर, त्यसपछि मेहनत कसले गर्छ ? हाम्रो खेलाडी उत्पादन शुन्य जस्तो छ । यस्तोमा खेलाडी उत्पादन गर्ने एकेडेमी, प्रतियोगिता र खेलेरै खेलाडीको जीवनस्तर राम्रो हुने वातावरण बनाउन जरुरी छ ।
दिमाग घुमाइदिने तस्विरः वास्तविकता थाहा पाउँदा हासों उठ्छ (फिचर)
हामी नवयुगमा त छौं तर, नवयुगलाई बचाउँदै अझै नवयुगमा जान प्रयासरत गर्नबाट चुक्दैछौं । केही प्रतियोगिता जित्नु आफैंमा सकारात्मक छ, उपलब्धीमूलक छ तर, हामी अझै माथि जानुछ । हाम्रोमा जसरी नवयुगहरु उदाएका छन् यस्ता प्रतिभालाई मर्न दिनुहुन्न । नयाँ नवयुगहरु खोजी गर्दै जानुपर्छ, यो क्रम नरोकिओस् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget