Are closely associated with such terrible weapons: which saw the leaders of the US and India vibration .

चीन त्यसै महाशक्ती बन्ने दिशामा अघि बढेको होइन्,चीनसंग डरलाग्दा हतियारको भरमार छ। आर्थिक हिसावले निकै अगाडी बढिसकेको चीनले सामरिक हिसावले पनि चमात्कारित फड्को मारिसकेको छ। चीनको बढ्को सामरिक तागतले अमेरिका मुनि एक धुब्रियरुपमा गोलबन्द विश्व सन्तुलन पनि भताभुंग हुने अवस्था आइसकेको छ भने विश्वव्यापीरुपमा अमेरिकी दादागिरी र दक्षिण एसियामा भारतिय अघोषित एकाधिकार पनि हल्लिन थालिसकेको छ ।
विशेषगरि अफ्रिकामा त युरोपेली र अमेरिकी प्रभाव मक्किसकेको छ । संसार भर चिनियाँ प्रभाव गुणात्मक रुपमा अघि बढ्दै छ।आर्थिक रुपमा पाएको व्यापक सफलतासंगै चीनले सैन्य क्षमताको विस्तारमा निकै ठुलो लगानी गरिरहेको छ। सैन्य उपकरणमा पनि चीनको सफलता देख्न लायक छ। चीन यसै पनि आणविक हतियारले सुसज्जित देश हो । केही वर्ष यता चीनले आणविक हतियारले लैस आङ सिरिङ पार्ने शक्तिशाली हतियार निर्माणमा ठुलो सफलता पाएको छ।
जमिन, पानी र हावा तिनै क्षेत्रमा चिनको सैन्य उपस्थित महाशक्ती अमेरिकालाई टाउको दुखाइको विषय बनेको छ तर चीन रोकिएको छैन् नत भविष्यमा रोकिने संकेत छ। नेपाली हेडलाइन्सले पाठकहरुको जानकारीका लागि विभिन्न स्रोतबाट यो सामाग्री तयार पारेको हो। यहाव चीनका शक्तिशाली हतियार उल्लेख गरिएको छ जसको आजकल खुव चर्चा छ।
१.लियोनिङ एअरक्राफ्ट क्यारिअरः
विमान समेत अट्ने यो पोत चीनको शक्तीशाली सैन्य हतियारमा पर्दछ। यसलाइ चीनको पिपुल्स लिवरेशन आर्मीको नेभीले सन २०१२ देखी सामेल गरेको हो।  यो पोतबाट जे-१५ एअरक्राफ्ट, जे-१० एअरक्राफ्ट, जेड-८/केए-३१ एईडब्लयु हेलिकप्टर्स र केए-२७ हेलिकप्टर्स ले उडान गर्न सक्दछन्। यो विमानवाहक पोतमा फ्लाइङ लियोपोर्ड ३००० नेवरण मिसाइल पनि समावेश छ।
२. चेंगडु ज-२० फाइटर एअरक्राफ्ट
chin-2
यो पाँचौ पुस्ताको स्टिल्थ दुइ इन्जिन भएको लडाकु विमान मानिन्छ। चेंगडु एअरक्राफ्ट इन्डस्ट्रीले पिपुल्स लिवरेशन आर्मीको लागिको यो विमान विकसित गरेको हो।
यस लडाकु विमानको अझै परिक्षण जारी राखिएको छ भने यसलाइ सन २०१७ पछी चिनियाँ सेनामा सामेल गरिने संभावना छ।
३. सेंगयाङ जे-३१ फाइटर विमान
गाएरफाल्कन र केही सैन्य विशषक्षहरुले यसलाई फाल्कन इगल पनि भन्ने गरेका छन्। पाँचौ पुस्ताको जेट फाइटर यो विमानलाई सेंगयाङग एअरक्राफ्ट करपोरेसनले बनाएको हो ।यो विमानको निर्माण हुनुलाइ चीनले ठुलो सफलता मानेको छ। तर यो विमानपनि हाल परिक्षणकै क्रममा रहेको छ।
. डिएफ-४१ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल
chin
यो लामो दुरीको मिसाइलका बारेमा अनेक खालका टिप्पणी गरिन्छन्। यसको अस्तित्वकै बारेमा पनि प्रश्न उठाउने गरिएका छन्। यो मिसाइले १२ हजार किलोमिटर देखी १४ किलोमिटर क्षेत्रसम्म प्रहार गर्ने सक्ने विश्वास गरिएको छ। यसले पृथ्वीको जुनु सुकै क्षेत्रमा बम खसाल्न देखि आणविक हतियारले आक्रमण गर्न सक्दछ।
५.डब्लु जेड-१० हेलिकप्टर
रसियन मोडलमा आधारित यो हेलिकप्टर पनि चिनियाँ सेनाको शक्तीशाली अस्त्र मानिन्छ। यसका संरचनका बारेमा धेरै कुरा गोप्य राखिएको छ।
यसै गरि चीनियाँ सेनका अन्य चर्चित हतियार यस्ता छन्.
६.डब्लु जेड अट्याक हेलिकप्टर
७.टाइप ०५२ डिस्ट्रोयर
८.टाइप ०५६ फ्रिगेट
९. बेउडोउ स्याटलाइट नेभिगेसन सिस्टम

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget