There was very good news for tarakarivali looking, safflower, a photograph brought even read the whole news

तरकारीवालीको नामले चिनिएकी गोरखाकी कुशुम श्रेष्ठले स्नातकोत्तर तहसम्म अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएकी छन्।
बुधबार कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरेको हो।kusum
त्यस्तै, काठमाण्डुको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो।
शिक्षण शुल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा पपुलर मल्टी मिडीयाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल।बि। क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिश चन्द्र शर्मा लगायतको उपस्थिति थियो।
छात्रवृत्ति पाईसकेपछि तरकारीवाली कुशुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताईन् । ‘यो सहयोग मेरो लागि अतुलनिय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो।’
नेपाल चलचित्र निर्देशक समाजका महा(सचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफूले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए । ‘कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो। पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’, निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
चलचित्र निर्माता पुनम क्षेत्री गौतमले अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने बताईन् । गौतमले कुशुमले चाहेको खण्डमा मोडलिङ् क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्दता जनाईन्।
केहि समय अगाडी कुशुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए। साभार काठमाडौं टुडे बाट<

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget