कल्पना कार्की बुधबार कामबाट फर्कर्दै
थिइन् । एकमात्र सन्तान निशा अमेरिका गएपछि उनी परिवारमा एक्ली थिइन् ।
एक्कासी फोनको घण्टी बज्यो । अपरिचित नम्बर भएपनि अमेरिकाबाट आएको भन्ने
कल्पनाले बुझिहालिन् ।
‘हेलो निशु’ उनले फोन उठाइन् । तर, फोनमा
निशाको आवाज थिएन । कोही नेपाली युवतीले गरेको फोन थियो त्यो । ‘निशाको
अवस्था गम्भीर छ । होस्टेलमा काम गर्दागर्दै बेहोश भएर उनलाई हस्पिटलमा
लगेको छ ।’ फोनको लाईन काटियो । त्यसपछि उनले केहि देखिनन् । बल्लतल्ल घर
आईपुगिन् ।
निशा बेहोस भएको खबर आफन्तहरु सबैले
पाइसकेका थिए । उनका केही आफन्त र चिनजानका उनलाई सान्त्वना दिन आइसकेका
थिए । केही बेरमा फेरि अमेरिकाबाट फोन आयो । त्यो फोन इष्ट सेन्ट्रल
युनिभर्सिटीको थियो, जहाँ निशाले नर्सिङ पढ्दै थिइन् । फोनमा कुरा गर्दा
नगर्दै कल्पना बेहोश भइन् ।
Post a Comment