Saraswati has come to educate their daughters dream of Kuwait both kidneys fail

माधब शाही, कुवेत,  मंसिर- १३ वर्षीय छोरी को पढाईलेखाई गरौंला भनी ३ वर्ष अघि कुवेत आएकी सरस्वती खाँडको दुबै मृगौला फेल भएपछि आफै अलपत्र पेरकी छिन् ।

नवलपरासी, तमसरीया वडा नम्बर ३ निवासी सरस्वती घरेलु कामदारका रुपमा कुवेत आएकी हुन् । अहिले उनको दुबै मृगौलाले कामगर्न छाडेपछि अलपत्र परेकी
छिन्

बिदेशको यात्रामा निस्किएको मानिसलाई कति बेला के आइपर्छ केही थाहा हुँदैन । यस्तै अवस्था आइपरेको छ  अहीले  सरस्वती खाँड लाई, कुवेत मा । कुवेत प्रवेश गरेदेखिनै धैरै प्रकारका समस्याहरुको सामना गर्नु परेको थियो खाँडलाई । काम गर्दैगरेको घरमालिकले दुख दिएपछि भागेर अबैधानीक रुपमा अर्कै ठाउँमा काम गर्दै आएकी थिइन् सरस्वती ।

समय जसोतसो बितिरहेको थियो ।  तर  तीन हप्ता अघि उनको मृगौलाले काम गर्नछोडेपछि मुबारक अलकबीर  अस्पताल मा छटपटाई रहेकी छिन् उनी ।

दुबै मृगौलाले काम गर्न छोडेपछि स्याङ्जाका शिव बिक्रम शाही लगायतको सहयोगमा उनलाई नेपाली दुताबासमा लगेर थप उपचारका लागि अस्पातलमा प्रकृया मिलाउन अनुरोध गरिएको थियो।

नेपाली राजदुताबासको सहयोगमा सरस्वतीलाई मुबारक अलकबीर अस्पताल मा भर्ना गरिएको हो ।


नेपाली दुताबास कुवेतका प्रथम सचिब अम्बिका जोशिका अनुसार, सरस्वती अबैधानिक रुपमा लुकेर काम गरिरहेको भएपनि उनीसँग कुवेतको कुनै पनि परिचय पत्र लगाएतका कागजात छैन । साथै उनले काम गरेको घर साहुको सम्पर्क ठेगाना समेत नभएकाले कानुनी प्रकृया मिलाउन जटिल भएको बताउँछन् जोशी ।

तथापि उपचारमा सहयोग गर्न मुबारक अलकबिर अस्पातल जाब्रियामा गरेको अनुरोध पछी अस्पातलले उनलाई अहिले भर्ना लिएको छ । तर उपचार खर्च तथा  दैनिक डाइलोसिसका लागि करिब १५ केडी अर्थात् नेपाली रुपैयाँ करिब पाँच हजार दुई सय पचास खर्च लाग्ने देखिन्छ।

घरको आर्थिक अवस्था कमजोर भएकोले नेपाली राजदुताबास लगायत सम्पूर्ण नेपालीलाई सहयोग को लागी सरस्वतीले अपील गरेकी छिन् ।

सरस्वतीका छोरी र श्रीमान भने नेपालमा छन् । श्रीमान नेपालमै डराईभर काम गर्छन् भने छोरीको पढने इच्छा छ।


सहयोग गर्न चाहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सरस्वतीले आफ्नो  मोबाइल नं +९६५-६९६९९५७१ मा संपर्क गर्न अनुरोध गरेकी छिन् । साथै उनलाई भेटगर्न चाहनुहुने महानुभावहरुले मुबारक अलकबिर अस्पतालको कोठा नं ११ को बेड नं ३ मा आउन उनले अनुरोध गरेकी छिन्
 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget