Fortunately now Bara wave "bar 1 billion in rice productio

कलैया, १ मङ्सिर । यस वर्ष जिल्लामा रु एक अर्ब २१ करोड ५६ लाख ५४ हजार बराबरको ५५ हजार दुई सय ५७ मेट्रिक टन भदैया धान उत्पादन भएको छ ।



जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार आव २०७२-७३ मा किसानले १३ हजार एक सय ५६ हेक्टर क्षेत्रफलमा हर्दिनाथ–१, चैते १, चैते ४ र राधा ४ जातको भदैया धानखेती गरेका थिए । प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादन भएको उक्त धान प्रतिक्विन्टल रु दुई हजार दुई सयदेखि रु दुई हजार तीन सयमा बिक्री भएको थियो ।

आव २०७१-७२ मा १२ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा ५२ हजार छ सय २१ मेट्रिक टन भदैया धान उत्पादन भएको कार्यालयले जनाएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget