$ 20 note exceeds 11 million, the owner found the streets to shine

काठमाडौं - नेपालीमाझ एउटा उखान धेरै चर्चित, भाग्यमानीको भुतै कमारो । भाग्यले मान्छेलाई के बाट के बनाइदिन्छ । यस्तै भाग्यमानी सावित भएका छन् अमेरिकामा बस्दै आएका एक युवक। अमेरिकाको सान फ्रान्सिस्को निवासी एक युवा एकै झट्कामा करोडपति बन्न पुगेका छन् अर्थात उनको तालुमा आलुु फलेको छ। यी युवाले सडकमा भेटिएको एउटा २० डलरको नोटले उनी पलभरमै करोडपति भएका हुन्। सान फ्रान्सिस्कोमा बस्दै आएका ह्यूबर्ट ट्याङ्ग त्यहाँस्थित अन्तरराष्ट्रिय विमानस्थल नजिकै उभिएका थिए । त्यही बेला उनको नजर सडकमा झरेको एउटा २० डलरको नोटमा पर्‍यो। सडकमा खसेको त्यो २० डलरको नोटलाई उनले टिपेर सुटुक्क आफ्नो गोजीमा हाले । एयरपोर्टबाट ट्याङ्ग सिधै एक चिठ्ठाको दोकानमा पुगेर त्यही २० डलरको नोटबाट चिठ्ठाको टिकट खरिद गरे। सडकमा भेटिएको त्यही नोट नै उनको भाग्य चम्काउने माध्यम बन्यो। त्यही २० डलरको नोटले उनी सडकमा रातारात महलका मालिक बन्न पुगे। ट्याङ्गले किनेको चिठ्ठाको टिकट उनले आफ्ना साथीको उपस्थितिमा कोट्याए। यही भाग्य चिठ्ठाले उनले १० लाख अमेरिकी डलर अर्थात १० करोड ८५ लाख रुपैयाँको मालिक बनाइदिएको छ। यो लोटरी त्यो कम्पनीको सबैभन्दा धेरै महँगो थियो । ट्याङ्ग एयरपोर्ट नजिकै बार टेन्डरको काम गर्थे। सडकमा भेटिएको २० डलरको नोटले ट्याङ्गको भाग्य चम्किएको खबरले मानिसहरु चकित भएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget